१९ आश्विन २०८१, शनिबार | October 5, 2024

सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि बुटवल पाल्पा सडक खण्ड अवरुद्ध



बुटवल । रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेपछी सडक अवरुद्ध भएको हो ।

यस्तै तानसेन-तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सडकमा खसेको पहिरोको कारण दुवै सडक खण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुटवल पाल्पाबाट जाने र पाल्पाबाट बुटवलतर्फ आउने सवारीसाधन बिच बाटोमै रोकिएको छ । यस्तै तानसेनबाट तम्घासतर्फ र गुल्मीबाट पाल्पातर्फ आउने सवारीसाधनसमेत रोकिएको श्रेष्ठले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । तर लगातार वर्षा भै राखेको कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : २७ बजे

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको