३१ भदौ २०८१, सोमबार | September 17, 2024

भेरी अस्पतालले पायो मेडिकल सुपरिटेन्डेन्ट



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिन्टेन्डेन्डमा डा.प्रकाश थापा तोकिएका छन् । स्वास्थ्य मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. थापालाई ताकेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीलाई मन्त्रालयले हटाएर भेरी अस्पतालमै कार्यरत डा.थापालाई निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिएको हो । यस अघि जसपा अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट बिदा हुँदाहुँदै डा. राजन पाण्डेलाई मेसु नियुक्त गरेपनि नियुक्तिको २४ घण्टा नहुँदै नयाँ बनेका स्वास्थ्यमन्त्री प्रदीप यादवले बदर गरिदिएका थिए ।

वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन थापा दशौं तहका चिकित्सककारुपमा अस्पतालमा कार्यरत छन् । कोरोनाको महामारीमा डा. थापाकै नेतृत्वमा त्यसको व्यवस्थापन, उपचार र निदानमा प्रभावकारी कार्य गरेको भन्दै उनको प्रशंसा हुने गरेपनि पछिल्लो समय सरकारी अस्पतालमा भन्दा उनी संलग्न निजी अस्पताल मल्हमपट्टी अस्पतालमा बढी समय दिने गरेको भन्दै डा थापाको आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : ३७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित