१२ पुस २०८१, शुक्रबार | December 27, 2024

कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने



काठमाडौँ । हालै प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएको छ । यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अब प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायांकन छिट्टै सुरु हुने भएको छ ।

पान इन्डिया स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ मा आफ्नो दमदार भूमिकाका कारण चर्चामा छन् । फिल्मलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । फिल्म ‘कल्की २८९८ एडी’ ले अहिलेसम्म राम्रो कमाई गरिरहेको छ ।

‘कल्की २८९८ एडी’ को मज्जा लिइरहेका प्रभासका फ्यानहरुका लागि खुसीको खबर छ । अभिनेताको फिल्म ‘सलार २’ को छायांकन छिट्टै सुरु हुँदैछ । सन् २०२३ मा रिलिज भएको ‘सालार पार्ट १’ को अपार सफलतापछि निर्देशक प्रशान्त नील चाँडै ‘सालार २’ को सुटिङ सुरु गर्न लागेका हुन् । मिडिया रिपोर्टका अनुसार ‘सालार’ ले टिकट विन्डोबाट ७ सय करोड भारु कमाएको थियो, त्यसपछि यो फिल्मको सिक्वेलको पनि घोषणा गरिएको थियो । ‘सलार’ को सिक्वेल ‘सालार २’ को छायांकन अगस्त १० बाट सुरु हुँदैछ । मिडिया रिपोर्टका अनुसार ‘सलार २’ को २० प्रतिशत सुटिङ भइसकेको छ, जुन प्रभास र पृथ्वीराजबीच छायांकन गरिएको छ । फिल्मको अधिकांश छायांकन रामोजी फिल्म सिटीमा हुनेछ ।

मिडिया रिपोर्टका अनुसार फिल्म ‘सालार २’ को दोस्रो भागको कथा त्यहीँबाट सुरु हुनेछ जहाँ यो समाप्त भएको थियो । ुसलारु मा प्रभास बाहेक पृथ्वीराज सुकुमारन, श्रेया रेड्डी, श्रुति हासन, मीनाक्षी चौधरी लगायतका कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ‘सालार १’ जस्तै फिल्म ‘सालार २’ पनि प्रशान्त नीलले लेखेका हुन् भने निर्देशन पनि प्रशान्तले नै गर्नेछन् । होम्बले फिल्म्सको तर्फबाट विजय किरागण्डुरले निर्माण गर्नेछन् । फिल्ममा प्रभासका अलावा पृथ्वीराज सुकुमारन, श्रुति हासन र जगपति बाबु पनि देखिनेछन् । ‘सालार २’ बाहेक प्रभासको आगामी फिल्महरूको बारेमा कुरा गर्दा, यो सूचीमा ‘बाहुबली ३’, ‘स्पिरिट’, ‘राजा साहेब’ र निर्देशक हनु राघवपुडीको पिरियड ड्रामा फिल्म समावेश छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १० : ०२ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

भैरहवा । सिमावर्ती शहर भैरहवालाई थप सुरक्षीत बनाउन अत्याधुनीक विद्युतीय

सैनामैनाबाट जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट बलात्कार अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ

आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे