१९ आश्विन २०८१, शनिबार | October 5, 2024

बुटवलको छुरा प्रहार काण्ड : छुरा प्रहारको ४८ दिनमा घाइते युवाको मृत्यु, छुरा हान्नेहरु पक्रन प्रहरी असफल



बुटवल । बुटवलको कालिका पथस्थित मोन्टोना रेष्टुरेन्टमा ४९ दिन पहिले छुरा प्रहारबाट घाइते युवाको मृत्यु भएको छ । सोही रेष्टुरेन्टमा कार्यरत बुटवल-७ निवासी युवा रवि थापाको उपचारको क्रममा हिजो (मंगलबार) मृत्यु भएको हो ।

गत जेष्ठ २ गते मध्यराती रेष्टुरेन्टमा आएका युवाहरुको समुहले थापामाथि छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएको ४८ सौं दिनमा थापाको मृत्यु भएको हो ।

घटना भएको ४९ दिन बितिसक्दा पनि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिन नसकेको भन्दै मृतकका आफन्तले गुनासो गरेका छन् । रेष्टुरेन्टमा रहेको सीसी टिभी फुटेजमा घटना संलग्न भएका व्यक्तिहरुको बारे खुले पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको उनीहरुले आरोप लगाएका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पाण्डितले घटनामा संलग्नहरुको खोजी कार्य भैरहेको बताए । उनका अनुसार सीसी टिभी फुटेजका आधारमा अनुसन्धान गर्दा बुटवल मैनाबगरका कुसमन कार्की र बुटवल देवीनगरका किशोर कार्कीले छुरा प्रहार गरेको छ । छेरा प्रहार गर्नेहरुको पहिचान खुलेपनि उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको पण्डितले बताए ।

घटना भएको लामो समयसम्म पनि प्रहरीले अपराधीहरुलाई पक्राउ गर्न चासो नदेखाएको भन्दै राष्ट्रिय युवा संघ रुपन्देहीले प्रहरीको ध्यानाकर्षण गराएको छ । संघले बुधबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कारबाहीको माग गरेको छ । संघका रुपन्देही अध्यक्ष बिकास बस्नेतले घटनाको अनुसन्धानमा प्रहरीले बेवास्ता गरे आफूहरु जस्तोसकै कदम चाल्न पनि बाध्य हुने चेतावनी समेत दिएका छन् । मृतक थापा युवा संघका सदस्य हुन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : ५१ बजे

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको

४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद्

दाउन्नेमा सडक भासियो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

‘प्रदेश सरकारले ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसक्यो’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले हालसम्म