२२ असार २०८१, शनिबार | July 6, 2024

रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु



काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुल १५ जना सवार यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । दुर्घटनामा परि चालकसहित ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा माडी गाउँपालिका- ३ तालावाङका ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खडकबहादुर डाँगी, माडी गाउँपालिका- ३ दाबाङकी ३० वर्षीया अमृता घर्ती, उनकी १८ महिनाकी छोरी छन्।

यस्तै, परिवर्तन गाउँपालिका- २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि दुर्घटनाबाट मृत्यु भएको छ । १  जनाको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानमा सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ ।

पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ५७ बजे

मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिदै

जनकपुरधाम । मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्

राप्ती नदीको जल सतहले खतराको रेखा नाघ्यो

नेपालगन्ज । दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न