२२ असार २०८१, शनिबार | July 6, 2024

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : ५९ बजे

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने रिलिज

काठमाडौं । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम

सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ

अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको

पोर्चुगललाइ पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको