७ पुस २०८१, आइतबार | December 22, 2024

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली निर्वाचित



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन्।

शनिबार काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाइलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन्।

अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए।

महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन्। वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए।

प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी केशबहादुर सुनारले १५९ मत प्राप्त गरेका छन्। द्वितीय उपाध्यक्षमा बुद्धिबहादुर विके दियालीले २६४ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्माले १६६ मतमा चित्त बुझाउन पर्‍यो।

तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला) २४३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन्।

त्यस्तै, महासचिवमा किरणभाइ बज्राचार्य २३३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन पर्‍यो ।

कोषाध्यक्षमा सुदीप श्रेष्ठ २४३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी सुविन बज्राचार्यले १८४ मत प्राप्त गरे।

सचिव दुई जनामा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन्। विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेद्वार २६१ दियालीले मत पाएका थिए।

त्यस्तै, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य २६३ मतसहित निर्वाचित भएका छन्।

असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४:३० बजेसम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरू मतदान प्रक्रियामा सहभागी भएका थिए। महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरू रहेका थिए।

२०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाइली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए। नवनिर्वाचित अध्यक्ष रसाइली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्यसमेत रहेका थिए।

२०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाइलीलाई मिलेको छ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : २१ बजे

त्रिविका कुलपति प्रधानमन्त्री ओलीले भने – डिन नियुक्ति मेरो रुचीको विषय हैन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अनौपचारिक बैठक सिंहदरबारमा बसेको छ ।

जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहार घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग

काठमाडौं । मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको

भारतले जित्यो यू-१९ एसिया कपको उपाधि

भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ ।

गेटामा मेडिकल कलेज सञ्चालन गर्न पहल गर्छु : कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कैलालीको गेटामा शिक्षण

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूती सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटर शुभारम्भ

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विस्तारित अस्पताल सेवा अन्तरगत