१९ असार २०८१, बुधबार | July 3, 2024

अन्य जिल्लामा धान दिवस मनाउँदा बाँकेमा ३ प्रतिशत मात्र रोपाँइ



नेपालगन्ज । देशका अधिकांस जिल्लाहरुमा धान दिवस मनाइरहँदा बाँकेमा भने ४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । मौसम विज्ञहरुले यस वर्ष ३ दिन अगावै मनसुन भित्रिएको र अधिक वर्ष हुने सूचना दिएका आधारमा समयमा रोपाँई गर्न तम्सेका बाँकेका किसानहरु, असार १५ सम्म पनि पानी नपर्दा निरास बनेका छन् ।

असार १५ गते बिहान सम्ममा कृषि ज्ञान केन्द्र बाँकेले ४ प्रतिशत मात्र रोपाँई भएको जानकारी दिएको छ । समयमा पानी नपर्दा रापाँई हुन नसकेको ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत अनसि श्रेष्ठले जानकारी दिए । उनले अघिल्लो वर्षहरुमा असार १५ सम्ममा १५ देखि २० प्रतिशत धान रोपाँई हुने गरेकोमा यस वर्ष पानी नपरेका कारण हुन नसकेको बताए । जेठ महिनामा पानी नै नपरेकाले ब्याड हाल्ने काम नै नभएको बताउँदै उनले भाद्रको पहिलो साता सम्ममा बाँकेमा रोपाँई सहिने अनुमान गरे । बाँकेमा ३४ हजार ८५० हेक्टर जमिनमा धान खेती हुने गरेको उनले बताए ।

बाँके खजुरा ८ का किसान भगवानदिन थारुले मौसम विज्ञहरुले किसानलाई झुक्याएको बताए । छिटो मनुसन भित्रिएको समाचार सुनेर बिउ हालेकोमा बिउ खेतमै सुकेको उनले बताए । लामो समयको सुख्खाले बाँकेमा सामान्य हेण्डपम्प र मोटरमा समेत पानी आउन छाडेको छ ।

जिल्लामा ५७ हजार २५२ हेक्टर जमिन खेतीयोग्य जमिन रहेकोमा ५२ हजार ८३८ हेक्टरमा खेती गर्ने गरिएको छ । बाँकेमा १८ हजार ५७२ हेक्टर जमिनमा मात्र सिँचाईको सुबिधा पुगेको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : ५३ बजे

मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सिआइबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न

काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई आठ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’

बर्दिया । लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको

एमालेका मन्त्रीहरुले बालुवाटार पुगेर बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई

चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने सम्झौता

काठमाडौ । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे