२२ असार २०८१, शनिबार | July 6, 2024

नेकपा एकीकृत समाजवादी महाधिवेशन : सर्वसम्मत नेतृत्व चयनको प्रयास



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ ।

राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।

पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिएका छन ।

सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गरेको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाएका छन ।

कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी थिए ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।

यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १२ : ०१ बजे

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने रिलिज

काठमाडौं । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम

सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ

अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको

पोर्चुगललाइ पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको