१७ असार २०८१, सोमबार | July 1, 2024

विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता



काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन् ।

प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ती घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिए । उनले विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको जानकारी दिए ।

प्राधिकरणबाट आज साँझ प्राप्त विवरणअनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको भने पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । एक घाइते छन् ।

डा भट्टराईले ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका सेर्नाथुम्कीमा गएको पहिरोमा परी घाइते भएका दुई जनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको बताए । प्राधिकरणका अनुसार विपद्ले आज ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ९ : २७ बजे

रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी