१७ असार २०८१, सोमबार | July 1, 2024

पाकिस्तानी दूतावासबाट निबन्ध लेखन र भाषण प्रतियोगिताका प्रतियोगीलाई पुरस्कार वितरण



काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले निवन्ध लेखन र भाषण प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

दूतावासले ११औं एम्बेस्डर अफ पाकिस्तान निबन्ध लेखन प्रतियोगिता र सातौं एम्बेसडर अफ पाकिस्तान भाषणकला प्रतियोगिता आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरे ।

निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदकसहित स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै १२ उत्कृष्ट सहभागी विद्यार्थीलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिएको थियो ।

यस वर्षको निबन्ध लेखन प्रतियोगिताको विषय “क्षेत्रीय कनेक्टिभिटी इज एसेन्स अफ दि इकोनोमिक डेभलपमेन्ट एन्ड सोशल उत्थान – दक्षिण एसियाली देशका सम्भावनाहरू” थियो ।

यसैगरी, दक्षिण एशियाको आर्थिक विकासमा महिलाको भूमिकाू विषयक भाषणकलाका सहभागीहरु पुरुष र महिला विद्यार्थीहरुले पनि आफ्नो तर्कपूर्ण व्याख्या गरेका थिए । उत्कृष्ट तीन विद्यार्थीहरुलाई पदकसहित स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो । यसैगरी १३ उत्कृष्ट विद्यार्थीहरूले पनि स्मृति चिन्ह र नगद पुरस्कार प्राप्त गरेका छन्।

दुई प्रतियोगितामा ३५ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीसम्म नेपाली विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विगत दुई सातादेखि चरणबद्ध रुपमा प्रतियोगिता सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा भोला थापाले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा निरन्तर सहयोग र प्राविधिक सहयोगलाई अगाडि बढाउनु भएकोमा प्रशंसा गरे । उनले पाकिस्तानको यस्ताखाले कार्यक्रमले दुई देशका युवाहरूलाई साझा दृष्टिकोणको स्मरण गराउन सहयोग पुर्याउने आशा व्यक्त गरे ।

राजदूत अबरार एच हाश्मीले महत्वपूर्ण विषयहरूमा आलोचनात्मक सोचका साथ विद्यार्थीहरूले गरेको प्रयासको प्रशंसा गरे। उनले दुई देशबीचको युवा अन्तरक्रिया सम्बन्धको सेतु भएको बताए ।

यी दुई प्रतियोगिता क्रमशः विगत ७ र ११ वर्षदेखि सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ४० बजे

रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी