१७ असार २०८१, सोमबार | July 1, 2024

ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी)को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पारेका छन् । उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताए ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनु भएको पुरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सन्धीलाई राष्ट्रिय समहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पारे ।

रूस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकहरूको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङघका काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भईरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेश गर्न कार्यदल समेत गठन गरिएको जानकारी दिए । उनले बन्धक बनाइएका नेपालीहरूका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको स्पष्ट पारे ।

राजदूत नियुक्तीलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्दै उनले आगामी दिनमा यस कार्यलाई थप व्यवस्थित गरिने बताए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : ०४ बजे

रोल्पामा जिप दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके

बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी