१० मंसिर २०८१, सोमबार | November 25, 2024

लुम्बिनी प्रदेशमा प्रदेश स्तरिय नमुना युवा प्रदेश सभा अभ्यास



बुटवल । बुटवलमा प्रदेश स्तरिय ४ दिने नमुना युवा प्रदेश सभा-२०८१ सुरु गरेको छ । राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आजदेखि नमुना युवा प्रदेश सभा-२०८१ सुरु गरेको हो ।

आज एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले युवा परिषदले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि वार्षिक रुपमा नमुना युवा प्रदेश सभा सञ्चालन गर्ने गरेको बताए । उनले युवाहरु भोलिका कर्णधार नभएर आजकै साझेदार भएको बताउँदै युवा शक्ति नै परिवर्तनका संवाहक भएको बताए । हामी भन्ने तर्क सहित हरेक क्षेत्रमा युवाहरु अगाडि बढ्नु पर्ने उनले बताए । ुअब युवाहरु सामाजिक राजनैतिक र आर्थिक क्षेत्रमा पनि हस्तक्षेपकारी भुमिका निर्बाह गर्दै अगाडि बढ्न सक्यौँ भने हामीले देश परिवर्तनका लागी निर्णायक भुमिका खेल्न सक्छौ ।ु उनले भने ।

कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष गोबिन्द बहादुर खत्रीले युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्ने बताए । युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न सक्नु पर्ने उल्लेख गर्दै उनले राष्ट्रले उनीहरुको उर्जा क्षमता र योग्यताबाट लाभ लिन सके मात्रपनि केहि हद सम्म परिवर्तनमा थप टेवा पुग्ने बताए ।

युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगररगाउँ सभाको अभ्यास गराइएको र नगररगाउँबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराइएको आयोजक युवा परिषदले जनाएको छ । नमुना युवा प्रदेश सभा अभ्यास गरिसकेपछि त्यहाँबाट छनौट भएकालाई तेस्रो चरणमा संघीय तहमा सहभागी समेत गराइने उपाध्यक्ष खत्रीले बताए ।

प्रदेशका १२ वटा जिल्लाका पालिकामा नमुना युवा गाउँरनगर सभा संचालन भएपछि पालिकाबाट सिफारिस भई आएका ४३ जना सहभागीतामा प्रदेश युवा संसद शुरु भएको हो । चारदिन चल्ने अभ्यासका क्रममा १६–२४ वर्षका युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्र संचालन गरिने छ ।

सामाजिक विकास मन्त्रालयका सचिव बिनोदकुमार खड्का, नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक इन्द्रजित थारु, प्रकाश उपाध्याय, डम्बर खराल, सरोज खनाल लगायतले शासकिय स्वरुप र राज्य संचालनको प्रक्रिया, प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीच अन्तर सम्बन्ध लगायतका विषयमा बहस तथा छलफल गरिने कार्यकारी सदस्य सरोज खनालले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ४० बजे

नेपालगन्ज भन्सारमा स्क्यानर मेसिन नहुँदा समस्या

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा

महिला आयोग १६ दिने अभियान मनाउन व्यस्त, आयोगको ढोका बाहिर पीडित अलपत्र

काठमाडौं । तनावग्रस्त अवस्थामा राष्ट्रिय महिला आयोगको गेटैमा भेटिइन्, कलङ्की

धितोपत्र बोर्डको अध्यक्षमा पेट्रोलियम ढुवानी व्यवसायमा बिवादीत व्यवसायी सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा इन्धन ढुवानी व्यवसायमा

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आयो, लिन्याक मसिन चल्ने कहिले ?

खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण