२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

गर्भवती दीपिकालाई लिएर लन्डन गए रणवीर



काठमाडौं । बलिउडको पावर जोडी रणवीर सिंह र दीपिका पादुकोण बिहीबार बिहान मुम्बई एयरपोर्टमा देखिए । यहाँ रणवीर पहिले कारबाट ओर्लिए र त्यसपछि उनले ६ महिनाकी गर्भवती पत्नी दीपिकालाई कारबाट बाहिर निस्कन मद्दत गरे ।

दीपिका र रणवीरको जोडी आफ्नो बेबीमुन मनाउन लन्डन प्रस्थान गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो बच्चा जन्माउने बताइएको छ ।

एयरपोर्टमा दुवैजना कालो पहिरनमा जुम्ल्याहा देखिएका थिए । जहाँ रणवीर कालो टी–सर्ट, डेनिम र सेतो जुत्तामा देखिएका थिए । दीपिका कालो बडीकन ड्रेसमा देखिएकी थिइन् ।

यसअघि बुधबार साँझ मुम्बईको जुहुस्थित नोभोटेल होटलमा आयोजित फिल्म ‘कल्की २८९८ एडी’को प्रि-रिलिज कार्यक्रममा पनि उनी पुगेकी थिइन् । यस कार्यक्रममा फिल्मका स्टार कास्टका अमिताभ बच्चन, प्रभास र कमल हसन जस्ता सुपरस्टारहरू पनि उपस्थित थिए ।

यहाँ अमिताभ बच्चनले गर्भवती दीपिका पादुकोणलाई स्टेजमा चढ्दा साथ दिएका थिए । दीपिका स्टेजबाट ओर्लिदा भने प्रभासले उनलाई सहयोग गरेको थियो । यस क्रममा अमिताभ बच्चनको रमाइलो स्टाइल पनि देखियो । दुवै भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

यस कार्यक्रममा दीपिका हाई हिल लगाएर पुगेकी थिइन्, जसका कारण केही प्रयोगकर्ताहरूले उनलाई सामाजिक सञ्जालमा ट्रोल गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ३ : ५८ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा