३१ भदौ २०८१, सोमबार | September 17, 2024

भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास



भैरहवा । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा आज लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ ।

योगाभ्यास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरे। सो कार्यक्रममा उनले बुद्धले शान्ति, करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जीवनमा योग र ध्यानको महत्वबारे प्रकाश पारेका थिए । उनले पूर्वीय सभ्यतासँग जोडिएको योग आज विश्वभर एक सशक्त स्वास्थ्य र कल्याणको मार्गका रूपमा प्रख्यात हुँदै गएको औँल्याए ।

“यो केवल शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण प्रणाली हो”, मुख्यमन्त्री महराले भने, “योगले हामीलाई आत्मज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्याउँछ ।”

‘स्वास्थ्यका लागि योग’ विश्वव्यापी चुनौती सामना गरिरहँदा अझ सान्दर्भिक रहेको महराको भनाइ छ । “योगले हाम्रो शारीरिक स्वास्थ्य बलियो बनाउने, प्रतिरोधात्मक क्षमता बढाउने र मानसिक दृढता बढाउने महत्त्वपूर्ण साधनको रूपमा काम गरिरहेको छ, यसले हामीलाई तनाव, चिन्ता र अन्योलका बेला सामन्जस्य गर्न मद्दत पुर्याएको छ”, उनले भने ।

महाराले लुम्बिनी प्रदेश सरकार नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाए । योगका फाइदालाई स्वीकार्दै, सार्वजनिक स्वास्थ्यसम्बन्धी पहलमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गरिरहेको उनले बताए ।

सोही कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रत्येक वर्ष लुम्बिनीमा योग दिवस मनाउँदै आएको बताए । उनले यस पटकसमेत गरि लुम्बिनीमा यो तेश्रो पटक दिवस मनाइएको र यसलाई दूतावासले प्रत्येक वर्ष मनाउने जानकारी दिए । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेयता यसलाई मनाइँदै आएको उनले बताए ।

“यसपटक यो दिवस यस अर्थमा पनि विशेष यसकारण छ किनकि हामीले यसका दशौँ वर्ष पूरा गरेका छौँ”, राजदूत श्रीवास्तवले भने, “यो योग दिवस मनाउने कारणले योगलाई एक अन्तर्राष्ट्रियस्तरको मञ्च पाइएको छ ।” नेपाल र भारतमा योग प्राचीनकालदेखि नै गरिँदै आएको जनाउँदै उहाँले दुवै देशको साझा संस्कृतिको अङ्ग रहेको जिकिर गरे ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी एक महत्त्वपूर्ण तीर्थस्थल रहेको र भारतमा रहेका विभिन्न बौद्धसँग सम्बन्धित स्थलसँग जोडेर यसलाई तीर्थस्थल सर्किटका रूपमा विकसित गर्न आवश्यक रहेको औँल्याए । यसैको प्रयासस्वरुप लुम्बिनी विकास कोषसँगको सहकार्यमा विभिन्न पर्यटकीय गतिविधिमा दूतावासले साझेदारी गरेको उनको भनाइ थियो । भारतको प्रयासस्वरुप नै अहिले लुम्बिनीमा भारतीय पर्यटकको आगमन गत वर्षहरूभन्दा बढ्दै गएको उनको भनाइ थियो ।

लुम्बिनीको लिटल बुद्धको प्रतिमा अगाडि आयोजित योगाभ्यास कार्यक्रममा मुख्यमन्त्री महरा, राजदूत श्रीवास्तवसहित पूर्वमन्त्रीहरू हृदयेशकुमार त्रिपाठी, देवेन्द्रराज कँडेललगायत पाँच सय बढी योग साधकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  २ : २० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित