१२ आश्विन २०८१, शनिबार | September 28, 2024

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : न्यु डाँफे स्पोर्टस क्लबको जित



कोहलपुर । बाँकेमा जारी बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा न्यु डाँफे स्पोर्टस क्लबले जित हासिल गरेको छ । मंगलबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा न्यु डाँफेले रोयल नेपालगन्ज फुटबल क्लबलाई १–० ले हराउँदै जित हासिल गरेको हो ।

न्यु डाँफेका लागि अभय थापाले २८औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । खेलमा थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । यसैगरी ओशोनिक क्लब र जय किसान स्पोर्टस क्लबबिचको खेल गोल रहित बराबरीमा सकिएको छ । खेलमा जय किसानका मिलन बाठा मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।

समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबारको पहिलो खेलमा धम्बोझी क्लब र मिलन युवा स्पोर्ट्स क्लबबीच हुनेछ भने दोस्रो खेल कारकादो युवा स्पोर्टस क्लब र नवदुर्गा युवा क्लबबीच हुनेछ ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १० : १५ बजे

डेङ्गी नियन्त्रणको नीति बनाउन कार्यदल गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेङ्गी रोकथाम

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

दमौली । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा

नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं-मुग्लिन

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

बोस्टन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने