गत महिना १६ वर्षीय अल्कुट डिल्क्सत सगरमाथा (चिनियाँ भाषामा – छोमोलोङ्मा)को शिखरमा पुग्ने सबैभन्दा कान्छो चिनियाँ आरोही बनेका थिए ।
सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुम्चीका ती १६ वर्षीया किशोरले एक महिनामै अत्याधिक चिसो, कम अक्सिजन स्तर, चिप्लो चट्टान, भारी हावा, हिउँ र हिउँले गलाएको शारीरिक र मानसिक चुनौतीलाई पार गरे ।
उनी अप्रिल १५ मा विश्वको अग्लो हिमालको दक्षिणी क्षेत्रमा रहेकोे नेपालको साउथ बेस क्याम्पमा आइपुगेका थिए । मे १० मा २८ दिनको आरोहणपुर्वको तयारी पूरा गरे र केही दिनपछि परिस्थिति अनुकूल भएपछि करिब १० जना अनुभवी आरोहीहरू लिएर डरलाग्दो खुम्बु ग्लेशियर पार गर्न प्रस्थान गरे।
उनीहरुले हिउँको उपत्यकाहरू पार गरे । उनीहरु माथिको अग्लो चुचुराहरू तर्फ बिस्तारै उकालो लागेका थिए । कैयौं शिविरहरुमा रात्री विश्राम गरे गन्तव्य आरोहणको उपयुक्त समयको मौका कुर्दै ।
मे १९ मा, गह्रौं सास फेर्दै, अलकुटले थकित पाइलासहित सगरमाथाको शिखरमा पुगे । अन्ततः हुनान प्रान्तकी १७ वर्षीया युवती सु झुओयुआनले गत वर्ष बनाएको कीर्तिमान तोड्दै उनी विश्वको शीर्ष स्थानमा पुगे ।
‘म शिखरमा पुग्दा धेरै नै उत्साहित थिएँ मेरो थकित पाइलाहरु पनि शिखर टेक्दै गर्दा फुर्तिलो भैसकेका थिए’, अलकुटले भने, ‘सगरमाथाको शिखरमा पुग्नु म लगायत धेरै आरोहीहरूको अन्तिम सपना हो । आफ्नो सपना साकार पार्न पाएकोमा म धेरै खुसी र रोमाञ्चित छु ।’
आरोहणका क्रममा हिमालले ज्यान लिइसकेका आरोहीहरुको जमेको शव देख्दा उनलाई सबैभन्दा दुःख समेत लागेको थियो । ‘मलाई एक अवर्णनीय अनुभूति थियो – डर, उदासी र आतंकको मिश्रण । म निश्चल उभिएँ, छोड्न चाहन्थेँ, सोच्दै म यी पर्वतारोहीहरू जस्तै आफ्नो जीवन अन्त्य गर्न चाहन्न, यहाँ सधैंभरि बस्न चाहन्न’, अलकुटले भने, ‘निकै डर लागेको थियो तर मैले डरलाई जितें, ती मृत शरीरलाई नहेर्न प्रयास गरें । तैपनि उनीहरु मेरो दिमागमा नाचिरहेका छन् । म ती आँटिला आरोहीहरुको सहासको प्रशंसा गर्छु जसले आफ्नो जीवन हिमालमै सुम्पिए ।’
एउटा अविस्मरणीय क्षण थियो जब टोलीका नेताले प्रत्येक आरोहीलाई पाल बाहिर जमेको मल जम्मा गर्न आरोहणमा प्रयोग गरिने तीनवटा ‘झोला’ दिए। ‘हामीले तिनीहरूलाई बेसीमा ल्याउनुपर्छ’, उनले भनेका थिए ।
उरुम्चीको १३ नं. विद्यालयमा पढने अल्कुट राष्ट्रियस्तरका पर्वतारोही बनेका छन् । उनले कक्षा सातमा पढ्दै गर्दा रक क्लाइम्बिङ, कक्षा ८ मा स्कीइङ र कक्षा ९ मा आइस क्लाइम्बिङ सिक्न थालेका थिए । उनले १० वर्षको उमेरमा आफ्नो बुबासँग पहिलो पटक हिमाल आरोहण गरेका थिए । उनका बुवा डिल्क्सात अब्दुरक्सिट सिनजियाङ पर्वतारोहण खेल सेवा केन्द्रको बाहिरी उद्धार टोलीका प्रमुख हुन् ।
गत वर्ष जुलाईमा उनीहरूले सिनजियाङको ७,५४६ मिटर अग्लो चुचुरो मुजताग अताको शिखरमा पुगेका थिए । र त्यसपछि, फेब्रुेअरीमा अलकुटले सिचुआन प्रान्तको ५,०२५ मिटर अग्लो सिगुनियाङ पर्वतको आरोहण गरे ।
निरन्तरको अनुभवले उनको आत्मविश्वास बढायो । त्यसपछि उनले आफ्नो बुबालाई सगरमाथा आरोहण गर्ने चाहना रहेको बताए । आफ्नो अलग कामको चापका कारण बुवाले उनलाई साथ दिन सकेनन् तर अलकुटको लागि त्यो राम्रो अवसर थियो । किनकी उनी आफ्नो सपना स्वतन्त्र रुपमा साकार पार्न चाहन्थे । बुवा डिल्क्सातले भने, ‘एक पितााको रूपमा, म चिन्तित थिएँ । तर एक प्रशिक्षक र साथीको रूपमा, म उनको प्रयासलाई थप समर्थन गर्न चाहन्थे ।’
सगरमाथा आरोहणको तयारी गर्न, अल्कुट स्कूल जानु अघि हरेक बिहान १० किलोमिटर दौडिन थाले । सप्ताहन्तमा व्यावसायिक प्रशिक्षण लिए । उनले गत अगस्टमा चिनियाँ पर्वतारोहण संघले आयोजना गरेको अल्पाइन सीप प्रशिक्षण कक्षामा पनि भाग लिएका थिए ।
सगरमाथा आरोहण गर्नुअघि उनले नेपालमा २८ दिनको तयारी गरे । त्यसक्रममा उनले शरीरमा अक्सिजनको कमी हुने हाइपोक्सियाको अनुभव पनि गरे ।
उनकी आमा आँशु पुच्छ्दै भन्छिन्, ‘मैले उसलाई प्रोत्साहन दिएँ, उसलाई एउटा वास्तविक मानिसमा लगनशीलता हुनुपर्छ भनेर बताए ।’ उनका बुबाले भने, ‘मैले उसलाई सगरमाथा आरोहण धेरै गाह्रो र खतरनाक छ भने, तर उसलाई गाइड र अन्य टोलीका सदस्यहरूबाट मद्दत मिल्ने र उसले सफलता हासिल गर्छ भन्ने विश्वास पनि थियो । ‘
आरोहणको क्रममा अल्कुटबाट फोन आएपछि डिल्क्सातले आफूलाई गर्व लागेको बताए । ‘सुरक्षा जोखिमहरू नियन्त्रण गर्ने उसको क्षमतामा सुधार भएको छ, र प्रकृतिप्रति उसको बुझाईको स्तर बढेको छ ।’ उनले भने ।
अलकुटले अब छवटा अन्य महादेशका अग्लो चुचुराहरू आरोहण गर्ने र उत्तर र दक्षिण ध्रुवको चरम सीमाहरूमा पदयात्रा गर्ने योजना बनाएका छन् । ‘हिमाल आरोहण कठिन छ । आधा बाटोमा, कसैलाई टुटेकोको जस्तो लाग्न सक्छ । तर इच्छाशक्ति भएमा अघि बढ्न असम्भव छैन ।’
चाइना डेल्लीबाट
प्रतिक्रिया