३१ भदौ २०८१, सोमबार | September 17, 2024

‘इद-उल-अजहा’ त्याग, समर्पण र बलिदानको प्रतीक : कार्यवाहक राष्ट्रपति



काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद-उल-अजहा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

उनले खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘इद-उल-अजहा’, पर्वले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिनुका साथै गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने उल्लेख गरेका छन । यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीकका रुपमा पनि मनाइन्छ ।

कार्यवाहक राष्ट्रपति यादवले समाजमा समानताको भावनालाई पनि उत्तिकै बढावा दिने यो पर्व धार्मिकसँगै सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन । यसले समाजमा सामूहिकता, सहानुभूति र सहयोगको पवित्र भावनालाई प्रोत्साहित गर्ने उनको भनाइ छ । यो पर्वले हामीलाई आफ्नो सुख–दुःखलाई साझा गर्न र अभावमा रहेकालाई सहयोगका लागि सदैव तत्पर रहन पनि सिकाउने उनले बताएका छन ।

“आफ्नो धार्मिक, सामाजिक र सांस्कृतिक महत्वका कारण यो पर्वले हामीलाई एकजुटता र मानवताको उच्च मूल्यहरुलाई स्मरण पनि गराउँदछ । ‘इद-उल-अजहा’ले हामीलाई यो पनि सिकाउँदछ कि सही बलिदान त्यही हो जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ”, कार्यवाहक राष्ट्रपति यादवले उल्लेख गरेका छन ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो । कार्यवाहक राष्ट्रपति यादवले नेपालमा मनाइने पर्वहरुले समुदाय, समाज र मुलुकमा एकता, सद्भाव, भाइचारा, मेलमिलाप, अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।

उनले ‘इद-उल-अजहा’ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्दै लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ०३ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित