३० चैत्र २०८१, शनिबार | April 12, 2025

सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने तयारीमा



धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने तयारीमा रहेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि उनीहरुलाइ ३-३ मन्त्रालय दिने तयारी गरिएको छ । सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबन्डा पुर्याउन मन्त्रालय फुटाएर १० पुर्याउन लागिएको छ । संविधानमा रहेको प्रदेश सभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ । सुदूरपश्चिम प्रदेश सभामा ५३ सांसद रहेका छन् ।

बैशाख ६ गते मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दिर्घ बहादुर सोडारीले गठबन्धनमा विवाद भएपछि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । केन्द्रको गठबन्धनमा खटपट भएपछि एमाले र माओवादी केन्द्रले तत्काल सरकारमा नजाने अडान लिदै आएका थिए । तर एकीकृत समाजवादीले सुदूरपश्चिममा सरकारलाई पूर्णता दिन सहयोग नगरे मधेश प्रदेशमा गठबन्धनमा नआउने अडान लिए पछि एमाले र माओवादी सुदूरपश्चिममा सरकारमा सहभागी हुन तयार भएका हुन् ।

स्रोतका अनुसार मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गरेर एमाले माओवादीलाई भागबन्डा पुर्याउने तयारी गरेका छन् ।

अहिले सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीसहित तीन जनाको मन्त्रिपरिषद रहेको छ । जसमा दुई जना नाउपाको रन्जिता पक्षका छन् । अहिले कैलाश चौधरी भौतिक पूर्वाधार मन्त्री छन् भने टीका थापा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेकी छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १२ : ०३ बजे

प्रतिनिधिसभाको एक स्थान रिक्त

काठमाडौं। प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय

नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले