३१ भदौ २०८१, सोमबार | September 17, 2024

लाखौंको सामान बोकेको यात्रुबाहक बस भन्सार नतिरी ३ वटा जाँच चौकी पार गरेर नेपालगन्जमा



नेपालगन्ज । नेपालगन्जमा यात्रुबाहक बसभरी सामान राखेर भन्सार छलेर भन्सार कै बाटो भारतबाट नेपालगन्ज आउँदा पनि भन्सार प्रशासनले बेवास्ता गर्ने गरेको छ । बसमा भरिभराउ सामान लोड गरेर भारतीय सिमानाकाबाट भन्सारको ३ वटा जाँच चौकी पार गरेर नेपालगन्जमा पुगेपछि सामान बोकेको बस प्रहरीको नियन्त्रणमा परेको छ ।

नेपाल भारत सीमा प्रहरी, भन्सार र चौलिक्का चोकको शसस्त्रको जाँच चोकी पार गरेर बिना भन्सारको समान बोकेर नेपालगन्जको बिपी चोक पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारत तर्फबाट आउँदै गरेको भे. १ ख ३१४९ नम्बरको यात्रुबाहक बसलाई बिना भन्सारको सामान सहित नेपालगन्जज ११बि.पीचोकबाट प्रहरीले नियनत्रणमा लिएको हो । नियन्त्रणमा लिएको बसमा बस सहित २० लाख बढीको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसबाट २ थान एसी, ४९ थान कुर्ता सुरुवाल , ३० रोल थान कपडा बरामद भएको हो । बस सहित अन्दाजी २० लाख ४८ हजार बरामरको सामान ‍बरामद गरि भन्सार कार्यालय पठाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : ४५ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित