३१ भदौ २०८१, सोमबार | September 17, 2024

रौतहटका युवकको मलेसियामा दुर्घटनामा मृत्यु



रौतहट । रौतहटबाट वैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ । रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

मलेसिया स्थित कम्पनीबाट कामसकेर कोठामा फर्किनेकर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । मृतकको शव १० दिनपछी सनिवार साँझ उनको घरमा ल्याएर गएराती अन्तेष्टि गरिएको छ ।

हिन्दू परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको डाहसंस्कार गरिएको कटहरिया ३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताएका छन । मलेसियास्थित नेपाली राजदूतावासले उनी कामगर्ने कम्पनीबाट  क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।

पछिल्लो एकवर्ष देखि उनी बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १ : १९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित