३० चैत्र २०८१, शनिबार | April 12, 2025

जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्छौ : मुख्यमन्त्री सिंह



जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शतिशकुमार सिंहले धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्ने बताएका छन् ।

मुख्यमन्त्री पदको आज शपथग्रहण तथा पदभारपपछि जानकी माताको दर्शन गरेका उनले मन्दिर परिसरमा सङ्क्षिप्त कुराकानी गदै भने, “माता जानकी मन्दिरको अवस्थाबारेमा मलाई केही जानकारी छ । त्यस सम्बन्धमा मन्दिर व्यवस्थापन पक्षसँग विकासका योजनाहरु माग गरेको छु ।”

मन्दिर व्यवस्थापन पक्षले जानकी मन्दिरको दिगो विकासका लागि अल्पकालीन तथा दीर्घकालीन स्पष्ट योजना ल्याएमा सो योजना पूरा गर्ने आश्वासनसमेत दिए । जानकी मन्दिरको विकास भएमा त्यहाँ धार्मिक पर्यटक बढ्नाका साथै मधेस प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने उल्लेख गर्दै उनले मधेस प्रदेशको सप्तरीमा रहेको छिन्नमस्ता भगवती तथा बारामा रहेको गढीमाई मन्दिरको समेत विकास गरी पर्यटक तान्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

यसअघि उनले आजै मन्दिर व्यवस्थापन पक्षसँग छलफलका साथै मन्दिरको अवस्थाबारे जानकारी समेत लिएका थिए । सोही अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी मन्दिरको महत्व तथा गरिमालाई अगाडि बढाउनका लागि भारतमा भएको रामायण सर्किटको विकास गरेजस्तै सीता सर्किटको समेत विकास गर्नुपर्ने मुख्यमन्त्रीलाई आग्रह गरे । हाल जानकी मन्दिरमा दैनिक एक हजारभन्दा बढी बाहिरी जिल्लाबाट दर्शन तथा अवलोकनका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १० : २४ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

डा. कोइराला भन्छन् ‘सरकारका कारण कांग्रेस अप्ठ्यारोमा पर्यो’, देउवा थप्छन्- ‘धेरै ठूलो बदनामी भइरहेको छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी