१९ असार २०८१, बुधबार | July 3, 2024

‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण



काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–८ मा निर्माण गरिएको ‘पाकिस्तान–नेपाल मित्रता पार्क’ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आज आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले उक्त पार्क हस्तान्तरण गरे ।

राजदूत हाश्मीले काठमाडौँमा पाकिस्तान–नेपाल मित्रता पार्क स्थापनाकामा सहकार्य गर्ने बूढानिलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ र एचआरएस एडभेन्चर लिमिटेडको प्रशंसा गरे । साथै पार्क निर्माणमा सहयोग गर्ने सामुदायिक र सामाजिक कार्यकर्ताका साथै सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता व्यक्त गरे । उक्त पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रुपमा रहने र दुवै देशका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने उनले बताए ।

राजदूत हाश्मीले द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधिलगायतका विभिन्न क्षेत्रमा सहयोगी प्रयासमा जोडिएको आधारमा निर्माण भएको उल्लेख गरे । यसले मानवताको हितका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई झल्काएको समेत उनको भनाइ थियो ।

उक्त पार्क निर्माणका लागि नागरिक समाज र स्थानीयवासीले दूतावास नगरपालिकालाई धन्यवाद दिँदै बालबालिका युवा तथा वृद्धवृद्धाकोे स्वास्थ्यको हितमा प्रयोग गर्ने ‘ओपन एयर जिम’ स्थापना गरेकोमा खुशी व्यक्त गरेका थिए ।

सो अवसरमा राजदूत हाश्मीसहित बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, लायन्स क्लब अफ काठमाडौँका गभर्नर लायन हिराप्रसाद दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १० : ०१ बजे

मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सिआइबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न

काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई आठ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’

बर्दिया । लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको

एमालेका मन्त्रीहरुले बालुवाटार पुगेर बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई

चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने सम्झौता

काठमाडौ । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे