१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

मधेशका मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ



जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आजै मुखयमन्त्रीमा नियुक्त भएका सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सिंहसँगै मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त भएका छन् ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रीमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास नियुक्त भएका छन् भने एमालेकै राजकुमार लेखीले शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवालले खेलकुद तथा समाजकल्याण मन्त्रीको जिम्मेवारी पाएका छन् । एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

त्यसैगरी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने र उर्जा सिँचाई तथा खानेपानी मन्त्रीमा बेची लुंगेली नियुक्त भएकी छन्।

नेपाल संघीय समाजवादी पार्टीबाट एकमात्र सांसद रहेकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री बनेकी छिन् । यस्तै नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन्।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १ : ३६ बजे

आम माफी दिइएकामा युएई सरकारप्रति कृतज्ञता व्यक्त

काठमाडौँ । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कुलको औपचारीक उदघाटन

टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको

दिपक बोहराका पार्थिव शरिर भैरहवा लगिने

काठमाडौं। आज बिहान निधन भएका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु