२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

मधेश प्रदेशमा जनमतका सतिश सिंह बने मुख्यमन्त्री



जनकपुरधाम । जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको नियुक्तिका लागि दाबि पेश भए अनुसार सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबि पेस गरेका थिए ।

जसपा नेपालका तर्फबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज (शुक्रबार) सम्मको समय तोकेकी थिइन् ।

नवनियुक्त मुख्यमन्त्री सिंहले आजै शपथ लिएर पदबहाल गर्नेछन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १२ : ३५ बजे

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा,

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा