२ चैत्र २०८१, शनिबार | March 15, 2025

पाल्पामा लोडर दुर्घटना हुँदा बर्दियाका सहचालक कमल चौधरीको मृत्यु



पाल्पा । पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा ८ कञ्चनखोला स्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा भएको लोडर दुर्घटनाबाट सोही लोडरका सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया बाँसगढीका अन्दाजी २६ वर्षिय कमल चौधरी रहेका छन् । दुर्घटनाबाट लोडर चालक कैलाली घोडाघोडी २ का ३० वर्षिय समिर चौधरी घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सालझण्डी-ढोरपाटन सडक खण्डमा सडक मर्मत गर्ने क्रममा बा २ क ८७६८ नम्बर लोडर बेक्र फेल भई सडकबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको खबर पाए लगत्तै अस्थाई प्रहरी पोष्ट बेलबासबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरि बुटवल पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । अस्पतालमा उपचारका क्रममा कमल चौधरीको मृत्यु भएको उनले बताए ।

सवारी दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ३९ बजे

दुर्घटनामा एकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान

दूध बेचेर मासिक दुई लाख कमाइ!

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२