४ मंसिर २०८१, मंगलबार | November 19, 2024

नेपालले आज विश्वकप छनौटअन्तर्गत युएईविरुद्ध खेल्दै



काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ ।

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि ‘न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेल्न लागेको हो । एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ । युएई र यमनविरुद्ध खेल्ने नेपाली टोलीमा २३ खेलाडी छनौट गरिएको छ ।

यी दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन् । जसमा यस अघि टिममा नरहेका आयुष घलानले पुनरागमन गरेका छन् भने बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा अवसर पाएका छन् । त्यस्तै इन्जुरिका कारण अन्जन विष्ट भने टिममा रहेका छैनन् ।

नेपाली फुटबल टोली :

गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार ।

डिफेन्डर: अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई ।

मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा र आशिष राई ।

फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट र आयुश घलान ।

विश्वकप छनौटको समुह एचमा रहेको नेपालले यस अघि खेलेका चारै खेलमा हार बेहोरेको छ । नेपालले यसअघि युएईसँग खेलेको खेलमा ४-० ले हार बेहोरेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ०५ बजे

शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५

कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार सात सय ५० करदाता पुनरावलोकनमा

काठमाडौँ । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक

राष्ट्र बैंक प्रतिवेदन : खाद्यवस्तुको मूल्यवृद्धि उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक

विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड

काठमाडौँ । मुलुकमा विदेशी विनिमय सञ्चिति बढेर २२ खर्ब ३२

३ महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स, असोजमा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो  ३ महिनामा विप्रेषण (रेमिट्यान्स)