३१ भदौ २०८१, सोमबार | September 17, 2024

लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता, नमुना बनिन् उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारको मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । लामो समयदेखि पूर्णता पाउन नसकेको मन्त्रीपरिषदले मुख्यमन्त्री महराले आफुसँगै राखेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो ।

मुख्यमन्त्री महराले बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित कृष्णा केसी ‘नमुना’लाई प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नियुक्त गरेका हुन् । आफुलाई मन्त्री पदमा नियुक्त गरेको नव नियुक्त मन्त्री नमुनाले खबरकुरालाई जानकारी दिइन् ।

गत बैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रीपरिषदको बिस्तार गरेपनि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय भने आफैसँग राखेका थिए । सत्ता समिकरण जोगाउन आवश्यकताका आधारमा आफैसँग जोगाएर राखेको मन्त्रालय प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै उनले नमुनालाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

नव नियुक्त मन्त्री नमुनाको सपथ ग्रहण भने भोलि (सोमबार) अपरान्ह हुने बताइएको छ । सोमबार नै प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : २२ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित