१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

माछापुच्छ्रे बैंकले गरिदियो सुर्खेतको बिद्यालयमा खानेपानीको ब्यवस्था



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेका श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी पूर्वाधार हस्तान्तरण गरेको हो ।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी पूर्वाधारहरु निर्माण गरिदिएको बैंकले जनाएको छ । २८९ जना विद्यार्थी एंव १८ जनाशिक्षक÷कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या रहेको थियो।

उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उत्त mनिर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरु निर्माण गरेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा कामगर्दै आएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ३ : ५० बजे

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण

आम माफी दिइएकामा युएई सरकारप्रति कृतज्ञता व्यक्त

काठमाडौँ । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कुलको औपचारीक उदघाटन

टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको

दिपक बोहराका पार्थिव शरिर भैरहवा लगिने

काठमाडौं। आज बिहान निधन भएका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति