२२ असार २०८१, शनिबार | July 6, 2024

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो



काठमाडौं । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

काठमाडौं उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन । विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उनले बताइन ।

मौसमविद् मानन्धरले भनिन, “नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्नसक्छ ।”

आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो । अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।


 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ४ : ०१ बजे

कालीगण्डकी र सेतीखोलामा बहाव बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा

पर्वत । केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम

मधेस मुख्यमन्त्रीद्वारा छजना मन्त्री पदमुक्त

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना

मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिदै

जनकपुरधाम । मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्

राप्ती नदीको जल सतहले खतराको रेखा नाघ्यो

नेपालगन्ज । दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत