मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा बुधबार अपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो । कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका-८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उहाँका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते मनहरी-८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका-१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया