२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पच्चीस सहसचिव सहित प्रमुख जिल्ला अधिकारीहरुको सरुवा



काठमाडौं । गृह मन्त्रालय मातहतका २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको आज सरुवा भएको छ ।

मन्त्रालयबाट प्राप्त विवरणअनुसार हाल मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत ११ जना सहसचिव र १४ प्रजिअको जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयका अनुसार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको आजको मन्त्रीस्तरीय निर्णयबाट राजपत्राङ्कित प्रथम श्रेणीका प्रजिअहरुको पदस्थापन तथा सरुवा गरिएको हो ।

विपद् प्राधिकरणमा रहेका सहसचिव भरतमणि पाण्डेलाई कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । कास्कीका प्रजिअ वासुदेव घिमिरेलाई गृहमा ल्याइएको छ ।

गृहका रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअ, तीर्थराज सिलवाललाई मकवानपुरको प्रजिअ, विष्णुप्रसाद कोइरालालाई पाँचथर, राजेन्द्रदेव पाण्डेलाई धादिङ, सूर्यप्रसाद सेढाइँलाई मकवानपुरबाट काभ्रेपलाञ्चोक, रुद्रादेवी शर्मालाई काभ्रेबाट बर्दियाको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै सुनसरीका प्रजिअ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभाग, इलामका प्रजिअ इन्द्रदेव यादवलाई चितवन, चितवनका प्रजिअ भूपेन्द्र थापालाई सिन्धुपाल्चोक र पाँचथरका प्रजिअ मेखबहादुर मग्रातीलाई सप्तरीमा पठाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १० : ३८ बजे

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी