५ मंसिर २०८१, बुधबार | November 20, 2024

नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम



तनहुँ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका-४ मा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउन तालिमको व्यवस्था भएको छ ।

धिमे बाजाबारे पछिल्लो पुस्ता अनभिज्ञ रहेकाले तालिमको व्यवस्था गरिएको अरिदेव नेवा पुचः कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठले बताए । कोषले नै ४० जना युवायुवती छनोट गरेर एकमहिने तालिम सुरु गरेको हो । तालिम शनिबारदेखि प्रारम्भ भएको हो ।

“संस्कृति संरक्षण गर्न प्रज्ञा प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो । यसबाट वर्तमान पुस्तालाई संस्कृति संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विश्वास छ”, अध्यक्ष श्रेष्ठले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव मनकुमार श्रेष्ठले सबै समुदायका भाषा संस्कृति, संस्कार संरक्षणका लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । आफ्नो भाषा, संस्कृति जोगाउन सम्बन्धित समुदाय नै क्रियाशील हुनुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले भाषा, संस्कृति र संस्कार हरेक समुदायको परिचय एवं गौरव भएकाले त्यसको संरक्षण आवश्यक छ भने ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ७ : १८ बजे

‘राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाइने’

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउने भएको

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

काठमाडौं । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा

आजको मौसम : देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल

उपमहानगरको योजना अनुगमनमा मेयर आफै सडकमा निस्किए

बुटवल । बुटवल उपमहानगरपालिकाका बिभिन्न वडामा भएका सडक बिस्तार तथा

रास्वपाले पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्कटको समयमा पार्टी