२३ कार्तिक २०८१, शुक्रबार | November 8, 2024

क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवीसम्बन्धी तीन दिवसीय गोष्ठी सम्पन्न



काठमाडौं । युरोपियन युनियनको सहयोगमा क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी तीन दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

काठमाडौंको शम्वाला होटलमा बुधवारदेखि शनिवारसम्म आयोजित उक्त कार्यशाला गोष्ठी क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना कार्यान्वयन गर्ने उदेश्यका साथ सन्चालन गरिएको थियो ।

परियोजना कार्यान्वयनका लागि बागमति प्रदेशबाट ललितपुर महानगरपालिका, लुम्बिनी प्रदेशबाट नेपालगञ्ज उपमहानगरपालिका र मधेश प्रदेशबाट बर्दीवास नगरपालिका मध्येबाट छानिएका चार विद्यालयका १२ जना फोकल शिक्षक, शिक्षिका तथा स्थानीय युवा समुहका चार जना प्रनिधित्व हुने गरी जम्मा २४ जनालाई प्लास्टिक फोहोरमैला व्यवस्थापन विभिन्न विषयमा अभिमुखिकरण तालिम प्रदान गरिएको थियो ।

गोष्ठीमा सहभागि भएकाहरुलाई परियोजनाको बिषयमा विस्तृत जानकारी गराइनुका साथै सन्चारको आधारभुत ज्ञान, परियोजनाका सन्चार दिशानिर्देशहरु, सामाजिक सन्जाल कसरी प्रयोग गर्ने, वित्तीय रिपोर्टिङ्ग, कार्ययोजना निमार्णका साथै नेतृत्व क्षमता विकास अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्राले गोष्ठीमा सहभागि भएकाहरुले उपलब्धीमुलक व्यवहारिक ज्ञान हासिल गरेर आआफनो क्षेत्रमा फर्केपछि लागु गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले वातावरण संरक्षण गर्ने जिम्मा हरेक नागकिरको भएको हुनाले समुदाय र विद्यालय स्तरबाट ज्ञान र सचेतना जगाउन सके न्युनिकरण हुन सक्ने बताए ।

त्यसैगरी, क्रिएसन नेपालका महासचिव तथा विभागीय प्रमुख सुजाता कोइरालाले गोष्ठीको उद्घाटनसत्रमा बोल्दै सहभागिहरुलाई स्वागत गर्दै तीन दिनको बसाईको क्रममा परियोजना सम्बन्धी विविध ज्ञान हासिल भै सहज हुने विश्वास व्यक्त गरेकी थिइन ।

ग्रिनसिफ्ट परियोजनाका लिड युनिस घिमिरेले युवाहरुले समुदायिक स्तरमा फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रभावकारी क्रियाकलाप कसरी सन्चालन गर्ने, त्यस्तै विद्यालयबाट सहभागि हुनु भएका सहभागिहरुले विद्यालयमा पाठ्यक्रममा आधारित रहेर विद्यार्थीहरुलाई प्लास्टिक जन्य फोहोरमैला व्यवस्थापनको बिषयमा कसरी व्यवहारिक ज्ञान प्रदान गरेको बताए । उनले, अभिमुखिकरण तालिम पछि सहभागिहरुले सहज तरिकाले स्थानीय स्तरमा सन्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।

क्रिएसन नेपालले ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि तीन प्रदेशको नौ स्थानीय तहमा सन्चालन गरीरहेको छ, भने रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्र्सोटियम पार्टनरका रुपमा रहेका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ५ : २२ बजे

रातानाङ्ला दुर्घटनाका मृतकको सनाखत

सुर्खेत । दैलेखदेखि सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४

जीप दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ जीप दुर्घटना

नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बङ्गलादेशबीच जनस्तरमा

पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र

एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो