३१ भदौ २०८१, सोमबार | September 17, 2024

भारतको लोकसभाको छैटौं चरणको मतदान आज



काठमाडौं । भारतको लोकसभा निर्वाचनको पाँच चरणको मतदान प्रक्रिया पूरा भएको छ । आज छैटौं चरणको निर्वाचन हुदै छ । छैटौं चरणमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि आज मतदान हुँदैछ ।

यी राज्यबाट कुल ८८९ उम्मेदवार चुनावी मैदानमा छन् । छैटौं चरणका लागि संसदीय निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको औसत सङ्ख्या १५ रहेको छ । आज मेनका गान्धी, मनोहर लाल खट्टर, महबुबा मुफ्ती, राज बब्बर, दिनेश लाल निरहुवा, धर्मेन्द्र यादव, मनोज तिवारी लगायत धेरै हाई प्रोफाइल उम्मेदवार चुनावी मैदानमा रहेका छन् । त्यस्तै धर्मेन्द्र प्रधान, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर जस्ता केन्द्रिय मन्त्रीहरू पनि चुनावी मैदानमा रहेका छन् ।

आज हुने छैटौं चरणको निर्वाचन अन्तर्गत उत्तर प्रदेशका १४, हरियाणाका १०, बिहारका ८, पश्चिम बङ्गालका ८, दिल्लीका ७, ओड़ीशाका ६, झारखण्डका ४ र जम्मु कश्मिरको एक सिटमा मतदान हुदैंछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : ०४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित