१९ आश्विन २०८१, शनिबार | October 5, 2024

बुटवल उपमहानगरपालिमा नगर प्रमुख पाण्डेयको २ वर्ष : यस्ता छन् २ वर्षका कामहरु (पूर्णपाठ सहित)



बुटवल । बुटवल उपमहानगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा जनप्रतिनिधि निर्वाचित भई सपथ ग्रहण गरेको आज जेठ ९ गते २ वर्ष पूरा भएको छ । २ वर्ष पुरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरको २ वर्षे कार्यकालको प्रतिबेदन सार्वजनिक गरेका छन् ।

प्रतिशेदनमा नगर प्रमुख पाण्डेयले बुटवललाई ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’का रुपमा रुपान्तरण गर्ने संकल्पका साथ उपमहानगर बुटवलबासी, राष्ट्रसेवक कर्मचारी, संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, उद्योगी व्यवसायीलाई साथसाथै लिएर नगरबासीको जनप्रतिनिधिसँगको पहुँचलाई सरल बनाउँदै बुटवलको उन्नति यात्रामा अघि बढिरहेका जनाएका छन् । उनले बुटवलले अहिले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा देशमै अगुवाई गरिरहेको दाबी गर्दै बुटवललाई यो अवस्थासम्म ल्याइपु¥याउन सकारात्मक भूमिका निर्वाह गर्ने यस क्षेत्रका पूर्वजनप्रतिनिधिहरु, समाजसेवी तथा सम्पूर्ण बुटवलबासीमा हार्दिक आभार प्रकट गरेका छन् ।

नगर प्रमुख पाण्डेयले शहरलाई नेपालकै महत्वपूर्ण शहरका रुपमा स्थापित गर्ने र प्रवद्र्धन गर्ने जिम्मेवारी आफुहरुको काँधमा आएको उल्लेख गरेका छन् । उनले बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न उपमहानगर प्रयत्नरत रहेको जनाउँदै बुटवललाई समुन्नत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेमा प्रतिबद्धता समेत जनाएका छन् । सबै वडाहरुको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रुपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न उपमहानगर प्रयत्नरत रहेको उनले जनाएका छन् ।

यस्तो छ उपमहानगर प्रमुख पाण्डेयको मुख्य मुख्य कार्यहरुको विवरण :

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ९ : ४२ बजे

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको