२३ भदौ २०८१, आइतबार | September 8, 2024

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी, महामन्त्री शर्माले सभामुखलाई भने-‘रबर स्ट्याम्प’



काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् ।

प्रतिपक्षीले विरोध गरिहेको बेला संसद संचालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो भन्दै अस्थिरताको कारक बनेको आरोप लगाएका छन् ।

त्यसैगरि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि सभामुख घिमिरेप्रति लक्षित गर्दै संसदमा सभामुख नदेखेको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर संसदमा मर्यादाको चीरहरण गरेको अध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘संसदमा आज सभामुख देखिन ! देखिरहेको छु- ‘रबर स्ट्याम्प’ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  २ : १९ बजे

झाडा लागेर बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु

बाँके । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी)

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

थारू समुदायको अटवारी पर्व : दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई