२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको हकअधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको १२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले वैदेशिक रोजगारीमा ठगिएका नेपालीलाई सघाउन सरकारीस्तरबाट ठोस प्रयास हुनुपर्ने बताए ।

“वैदेशिक रोजगारीमा गएका श्रमिकले पाइरहेका दुःखका बारेमा म जानकार छु, श्रमिकमाथि भइरहेको शोषण रोक्न सरकारलाई आग्रह गर्दछु”, सभापति देउवाले भने । वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले श्रमिकको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

पार्टी नेता डा शेखर कोइरालाले सरकार परिवर्तन हुनेबित्तिकै नीतिनियम परिवर्तन भइरहने समस्याका कारण व्यवसायी मारमा परेका बताए । उनले ‘भिजिट भिसा’मा विदेश जाने र त्यहाँ लुकेर काम गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न सरकार लाग्नुपर्ने बताए । उनले राजनीतिक स्थायित्व नभएसम्म सुशासन कायम हुन नसक्ने भएकाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताए । जनताले सडकमा उठाएका सहकारीका समस्यालाई कांग्रेसले सदनमा पु¥याएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइलीले कानुनअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई सरकारी निकायका केही पदाधिकारीले दुःख दिएको आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य सीता देवकोटाले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्नेगरी नीति बनाउनुपर्ने बताए । सोही दलका केन्द्रीय सदस्य अब्दुल सतारले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन आवश्यक भएको बताए ।

नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमोद खनाललगायत वैदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायीले श्रमिकको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्दै आएको बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ४ : ३२ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा