१० बैशाख २०८२, बुधबार | April 23, 2025

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन गरेका छन् । बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा चासो दिने बताएका छन् ।

लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र बाँकेमा छाडा चौपायाको समस्या बढी भएको भन्दै उनले बुटवलले आफ्नै बलबुतामा छाडा चौपाया व्यवस्थापन थालेकोमा खुशी प्रकट गरे ।

‘मुख्य समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनमा बुटवलले आफै जे जसरी अगाडि सर्‍यो यो एकदमै राम्रो कुरा हो, उनले भने-बुटवललाई हामीले आगामी आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारलाई सपोर्ट गर्ने गरी बजेटको व्यवस्था गर्छौं ।’

उनले स्थानीय सरकारहरुलाई प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा विशेष साथ दिने र यो समस्याको समाधान गर्ने बताए ।

मुख्यमन्त्री महरालाई गौशालाबारे जानकारी गराउँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपाया व्यवस्थापनका चुनौती र स्थानीय सरकारलाई प्रदेश सरकारको साथ आवश्यक रहेको बताए ।

प्रमुख पाण्डेयले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले प्रदेश स्तरीय गौशाला स्थापना गरेर स्थानीय सरकारहरुलाई सहभागी गराउँदा दिगो व्यवस्थापन हुने बताए ।

बुटवल उपमहानगरपालिकाले बुटवल ७ शिवनगरमा रहेको गौशालामा नगरभित्रका ५ सय भन्दा बढी छाडा गाइगोरु व्यवस्थापन गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : २८ बजे

जम्मू-कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवल १४ का सुदिप न्यौपाने

बुटवल । भारतको जम्मू-कश्मीरमा मंगलबार भएको आतंकवादीको आक्रमणबाट मृत्यु हुने

जम्मू कश्मीरमा भएको घटनाप्रति प्रधानमन्त्री ओलीबाट दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू कश्मीरको पहलगाममा निर्दोष

अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड सञ्चालन

नवलपरासी । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी

डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा सवारी दुर्घटना

जम्मू-कश्मीर आक्रमण : एक नेपाली सहित २८ जनाको मृत्यु

पाहलगाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद