३१ भदौ २०८१, सोमबार | September 17, 2024

ओलीमाथि देउवाको आरोप – ‘आफुले गिरीबन्धु टी-स्टेटको जग्गा वेच्ने, कांग्रेसलाई दोष लगाउने!’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप लगाएका छन् ।

विहिबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफुले बेचेको जग्गा कांग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् ।

ओलीले बुधबार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि कांग्रेस सभापति देउवाको यस्तो टिप्पणी आएको हो ।

देउवाले भने, ‘नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, कांग्रेसको पालामा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति ?’

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  १२ : २६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित