२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)



तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय नाबालकको मृत्यु भएको छ।

नवलपुर अरुणखोलाबाट पाल्पा निस्दी मित्यालतर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको बलेरो जिप निस्दी–४, लामेदमार नजिक दुर्घटना हुँदा एक जना नाबालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पा निस्दी ४ का राजिव सुनारी रहेका छन् । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा जिल्ला पाल्पा निस्दी ४ बस्ने वर्ष २० को तेजन सोमई, (अवस्था सीरीयस), सोही स्थानका वर्ष २७ की धामिसरा सुनारी (अवस्था सिरीयस), बर्ष २८ की कुसुम सारु थापा (अवस्था सीरीयस) र बर्ष ७४ की माया ख‌ड्का, (अबस्था मध्यम) रहेका छन् ।

त्यसैगरि अन्य घाइतेमा सोही स्थानका गाडी चालक बर्ष २८ को नुरेस खाम्चा, बर्ष २४ की ईसानी गाहाको छोरी बर्ष १ की सहिरा गाहा, बर्ष ४० की गरीमा मश्रा‌ङ्गी, बर्ष २० की हिरा खड्‌का, बर्ष ४३ की बनि सुनारी, बस्ने वर्ष ३१ को सुर बहादुर सोमई, कुसुम सारु थापाको छोरी बर्ष २.५ की मनिका सारु, बर्ष १७ की हेमसरी घर्ती र बर्ष ६६ को खुम बहादुर सोती रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिप दुर्घटना बुधबार दिउँसो ४ बजे भएको स्थानीयले बताएका छन्। घाईतेहरुको नवलपुरको मध्यबिन्दुका अस्पतालहरुमा उपचार भइरहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ११ : २५ बजे

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण