१५ असार २०८१, शनिबार | June 29, 2024

बर्दियामा शुरु भयो युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला



बर्दिया । युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला बर्दियाको ठाकुरद्वारामा शुरु भएको छ ।

प्लान ईन्टरनेशनल नेपाल, शसक्त बालिका परियोजनाको आयोजना तथा साझेदार संस्था बाँके युनेस्को कलव, राधाकृष्ण थारु जनसेवा केन्द्र, बि ग्रुप र स्थानीय पालिकाहरको समन्वयमा युवा भेलामा बर्दिया जिल्लाका सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव, युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्य गरी ३६ जना किशोर किशोरी तथा युवाहरूको सहभागिता रहेको छ ।

युवाको नेतृत्व विकास, युवाहरुको सवाल, स्थानीय तहको योजना, निति तथा कार्यक्रम निर्माण प्रकृयामा युवाको सवाल र सहभागितामा पहुँच पु¥याउनका लागि जिल्ला स्तरिय युवा भेला संचालन गरिएको प्लान इन्टरनेशनल नेयालका निमित्त कार्यक्रम विज्ञ दिक्षा भाटले जानकारी गराइन् । युवा भेला कार्यक्रममा शसक्त बालिका परियोजनाको सह‌योगमा स्थानीय तहको समन्वयमा गठन गरिएका किशोरी क्लव तथा युवा क्लव र परिवर्तनका संवाहक समुहबाट प्रतिनिधित्व गरेका छन् ।

स्थानीय तहको निति निर्माण प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि क्षमता विकास गरी युवाहरुको सवाल र युवा लक्षित योजनाहरु समावेश गर्नका लागि भेलाबाट सहयोग पुग्ने बाँके युनेस्को क्लव, शसक्त बालिका परयोजना संयोजक गोबिन्द प्रसाद लामािछानेले जानकारी दिए ।

भेलाको क्रममा सबै स्थानीय सरकारका प्रमुखहरुको उपस्थितिमा युवाहरुको स्थानीय योजना तथा नीति निर्माण प्रकृयामा यूवाहरुको सहभागता सुनिश्चितता गरी उनीहरुको शैक्षिक र नेतृत्व विकासमा टेवा् पुग्ने विश्वास गरिएको छ। युवा भेला कार्यक्रमको सहजिकरण प्लान ईन्टरनेशनल नेपालका अस्निता थापाले गरेकी छन् ।

कार्यक्रममा बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, वि ग्रुपका बाकेका वालविवाह,छिटो बिवाह,जबरजस्ति गरिने बिवाह रोकथाम परियोजना संयोजक दिनेश चौधरीको, र वालविवाह न्युनिकरण परियोजनाका प्राबिधिक संयोजक लक्ष्मि प्रसाद शर्मा समेतको उपस्थिती रहेको छ । भेला १४(१६ मे सम्म तीन संचालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  २ : १० बजे

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका

बर्दियामा चितुवा नियन्त्रणमा लिइयो

बर्दिया । बर्दियाको गुलरिया नगपालिका–१ स्थित शङ्कर बस्तीमा घरपालुवा जनावर

टी-२० विश्वकपको फाइनल : भारतले टस जितेर पहिला ब्याटिंग गर्दै

काठमाडौं । भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग

‘अनाथ बालबालिकालाई शिक्षित बनाउनु राष्ट्रका लागि महत्वपूर्ण योगदान’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनाथ बालबालिकाको संरक्षण

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको