२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

लखनउमाथि दिल्ली १९ रनले विजयी



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २०९ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउदै १८८ रन मात्र बनाएको थियो । यस अघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।

योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ खेल खेलेको छ । दिल्ली १४ खेलमा १४ अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । प्लेअफको सम्भावना भने अब अन्य टिमको नतिजामा भर पर्ने छ । अहिलेसम्मको अंक तालिका अनुसार दिल्ली प्लेअफबाट बाहिर रहेको छ ।

त्यसैगरी लखनउको यो हारपछि प्लेअफको सम्भावना कठिन बनेको छ । लखनउको १३ खेलमा १२ अंक रहेको छ । लखनउले अब अन्तिम खेल आगामी शुक्रबार मुम्बई इण्डियन्ससँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ४६ बजे

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही

समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका