३० चैत्र २०८१, शनिबार | April 12, 2025

मधेश सरकारबाट बाहिरियो माओवादी



जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ ।

माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।

राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।

योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षम ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।

मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : २७ बजे

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौँ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको

राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड हुन्, कारवाही हुन्छ : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने

एमालेविनाको समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष