३१ भदौ २०८१, सोमबार | September 17, 2024

तिलोत्तमाको शंकनगरचोकमा स्कुटर ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरचोकमा दुई स्कुटी एक आपसमा ठोकिदा २ जना घाइते भएका छन । गएराती करिव सवा ८ बजे बुटवलबाट भैरहवातर्फ आउदै गरेको लु ७० प ६७७ तथा सोही दिशा तर्फ जादै गरेको लु ५१ प ४४४२ नम्बरको स्कुटर तिलोत्तमा २ स्थित सिक्सलेन सडकखण्डको मुल सडकमा ठोक्किएका थिए ।

दुर्घटनामा परि लु ५१ प ४४४२ नम्बरको स्कुटरमा सवार तिलोत्तमा १ ड्राइभरटोल निवासी ६० वर्षीय पुष्परत्न मल्ल गंभीर घाइते भएका छन । उनको टाउँको, अनुहार र छातीमा गंभीर चोट लागेकाले क्रिमसन अस्पतालमा ल्याई भेन्टिलेटरमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैगरि लु ७० प ६७७ का चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ५ बस्ने अन्दाजी ३५ वर्षीय विकल्प भट्टराईको दुवै खुट्टामा चोट लागी उपचारका लागी अस्पताल आएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १२ : ०४ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित