३१ भदौ २०८१, सोमबार | September 17, 2024

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी



बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र संचारकर्मी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमी ४-३ गोलले विजयी भएको छ । खेलको पहिलो मिनेटमा संचारकर्मीका तर्फबाट विष्णु घिमिरेले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए तर यो धेरै बेर टिक्न सकेन । एकेडेमीका डा सुशिल खनालले पेलाल्टी शुटमार्फत गोल फर्काए ।

संचारकर्मीको तर्फबाट दिनेश कुमार श्रेष्ठले अर्को गोल गर्दै फेरि अग्रता दिलाए पनि फेरी एकेडेमीका डा. सुशील खनाल ब्यक्तिगत दोस्रो बराबरी गोल गरे ।

खेलको दोस्रो हाफमा संचारकर्मीबाट स्वस्तिक श्रेष्ठले गोल गर्दै खेलमा पुन अग्रता दिलाए भने एकेडेमीका संग्राम मल्लले फेरि बराबरी गोल गरे । खेलको अन्तिम समयमा डा. शक्ति बस्नेत एकेडेमीका लागि निर्णायक गोल गरे । एकेडेमीका क्याप्टन ध्रुव आचार्यले पेनाल्टी मिस गरे भने धेरै अवसरलाई गोल गर्नबाट चुके ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । स्वास्थ्यका लागि खेलको महत्व प्रकाश पार्दै बुटवलमा खेल गतिविधिसंगै खेल हबका रुपमा पहिचान बनाउन सफल भएको उनले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : १७ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित