१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर



काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई मध्यनजर गर्दै कम्युटर र कलर प्रिन्टर उपलब्ध गराएको छ । बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसंग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।

श्री कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग पछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्यगर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न उपलब्ध सामाग्री उपयोगी हुने बैंकले विश्वास लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशक ाविभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १० : १६ बजे

प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण

आम माफी दिइएकामा युएई सरकारप्रति कृतज्ञता व्यक्त

काठमाडौँ । सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कुलको औपचारीक उदघाटन

टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको

दिपक बोहराका पार्थिव शरिर भैरहवा लगिने

काठमाडौं। आज बिहान निधन भएका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र