२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन



काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् ।

उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् । उनका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत थिए ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ३१ बजे

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा