११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ



नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रुपमा सहकार्य गर्ने भएको छ । नेपालको प्रतिष्ठित उद्योगी घराना केएल दुगड ग्रुपको सहकार्यसँगै अब ज्ञान कर्णाली हाफ म्याराथन नामाकरण हुनेछ । केएल दुगड ग्रुपको उत्पादन धारा तेल लामो समयदेखि नेपालगन्ज म्याराथनमा टाइटल स्पोन्सरका रुपमा रहँदै आएको छ । दुवै म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गर्दै आएको छ ।

नेपालको अति पिछडिएको क्षेत्रका रुपमा चित्रण हुँदै आएको कर्णाली प्रदेशमा पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनमा टाइटल स्पोन्सरका रुपमा सहकार्य गर्न पाउँदा केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले खुशी व्यक्त गरेका छन् । ‘स्वस्थ खाद्यान्न उत्पादनका लागि केएल दुगड ग्रुप जति गम्भीर छ, स्वस्थ रहन जागरण फैलाउने दौड सम्बन्धि इभेन्टलाई सहयोग गर्न पनि उत्तिकै तत्पर छ ।’ सिईओ छाजेडले भने–‘कर्णाली जस्तो भर्जिन ल्याण्डमा हुने म्याराथनलाई माथि उठाउन केएल दुगड ग्रुप सदैव तत्पर छ , कर्णाली म्याराथन चाँडै अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त म्याराथनका रुपमा स्थापित हुनेछ ।’

पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनलाई क्रमिक रुपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवद्र्धन गराउने इभेन्टका रुपमा स्थापित गराउने आयोजकको तयारी छ ।

आसन्न दशौं राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको रेस नेपालको अध्यक्ष टिएस ठकुरीले बताए । उनका अनुसार पहिलो संस्करणको सफलतासँगै हरेक बर्ष उपयुक्त समयमा कर्णाली हाफ म्याराथन आयोजना गरिने र सोही अनुसार विधाहरु थप गर्दै लगिनेछ । साथै पहिलो संस्करणमा स्थानीयको सहभागिता र चासोलाई मध्यनजर गर्दै यसको कोर्षलाई आधिकारिकताका लागि चाँडै पहल गरिनेछ ।

यसैक्रममा कर्णाली हाफ म्याराथनका लागि सम्पुर्ण संयोजनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीलाई दिइएको छ । कुमारशमसेर थापालाई म्याराथनको सदस्यसचिवको जिम्मेवारी प्रदान गरिएको छ ।

विगत नौ बर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागेको हो । धारा नेपालगन्ज म्याराथनले आफ्नो यात्राको एक दशक पूरा हुने पुर्व सन्ध्यामा दौडसम्बन्धि विविध नयाँ सोंच र कार्यक्रम तयारी गरेको छ । आफनो भगिनी दौड प्रतियोगिताका रुपमा विभिन्न दूरीका अलगअलग दौड प्रतियोगिता सुरुवात गर्ने क्रममा कर्णाली हाफ म्याराथन सञ्चालन गर्न लागिएको हो । यसलाई क्रमशः अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र कर्णाली म्याराथनलाई विश्व म्याराथनको छातामुनि लैजाने पनि अध्यक्ष ठकुरीले बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदसँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं नीजि क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  २ : ५१ बजे

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा टेष्ट सेन्टर , मुख्यमन्त्रीद्धारा उद्घाटन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका