११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी



खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने र कुलतमा फँस्ने गरेको सरोकारवालाहरुले बताएका छन् । आदर्श युवा सञ्जाल, खजुराले आयोजना गरेको समृद्धिमा युवाको भुमिका विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले नेपालमा रोजगारी नहुनु र भएको कृषि उद्यमको पनि इज्जत कायम गर्न नसकेका कारण युवाहरु पलायन हुन बाध्य हुनुपरेको बताए ।

उनीहरुले नेपालमा कृषि उद्यमको ठुलो सम्भावना भएपनि कृषिमा लाग्ने कृषकहरुको समाजमा इज्जत र प्रतिस्ठा कायम गर्न नसकिँदा युवाहरु कृषि पेशामा आकर्षित हुन नसकेको बताए । स्थानीय सरकारले निती तथा कार्यक्रम ल्याउँदा युवा लक्षित कार्यक्रम ल्याउन आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाकी अध्यक्ष मन्जु मल्लले गाउँपालिकाले युवाहरु लक्षित सिपमुलक तालिमहरु संचालन गरिरहेको बताइन् । युवाहरुलाई स्वदेशमै रोक्न पालिकाले पलम्बीङ, ड्राइभिङ, एसी मरमत, वायरिङ जस्ता स्वरोजगार मुलक तालिम संचालन गरेको जनाउँदै उनले तालिम लिएर रोजगार बन्न भन्दा विदेशीने रहरले समस्या उत्पन्न भएको बताइन् । उनले पालिकाले खजुराकै सवारी चालक राख्न खोज्दा पाउन नसकेको गुनासो गरिन् ।

उपाध्यक्ष मल्लले आदर्श युवा सञ्जालले समाजममा गरेका कामहरुले सकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै सरकारले गर्नुपर्ने काम गरेकोमा धन्यबाद ज्ञापन गरिन । उनले सञ्जालका हरेक सकारात्मक कार्यमा स्थानिय सरकार सहयोगी बन्ने प्रतिवद्धता व्यक्त गरिन ।

खजुरा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एकमाया विकले समाज रुपान्तरणका लागि युवाको भुमिका अपरिहार्य रहेको उल्लेख गरिन । कार्यक्रममा बोल्दै विकले स्थानिय सरकारले युवा लक्षित कार्यक्रम ल्याउन नसकेको आरोप लगाइन् । उनले अघिल्लो सरकारले थालेका योजनाहरुलाई अलपत्र पारेर वर्तमान पालिका नेतृत्वले युवाहरुको रोजगारीको अवसर गुमाएको गुनासो गरिन् ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रिले खजुराको विकासमा युवा सहभागिता बढेको र त्यसलाई स्थानीय सरकारले पनि प्राथमिकता दिदै आएको बताए । उनले युवा लक्षित कार्यक्रम खुलकुदमा मात्र केन्द्रीत भएको भन्दै त्यसलाई अन्य कार्यमा पनि लगानी हुनु पर्ने बताए ।

प्रखर परोपकार मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लले आदर्श युवा सञ्जालका हरेक क्रियापलापलाई नजिकबाट नियालिरहेको बताउँदै थप सक्रिय भएर कार्य गर्न शुभकामना दिए ।

बाँकेको खजुरामा सामाजिक कार्यमा क्रियासिल संस्था आदर्श युवा सञ्जालले सोही अवसरमा २०८१ सालको भित्तेपात्रो विमोचन गरेको थियो । सञ्जालले सामाजिक कार्यलाई थप सक्रियता दिइने प्रतिबद्धता जनाउँदै सञ्जालले गरेका आफ्ना गतिविधिहरुलाई समेटेर भित्तेपात्रो प्रकाशन गरेको हो ।

सञ्जालका अध्यक्ष कल्पना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न सघंसस्थाका प्रतिनिधि, युवा क्लव, विद्यालयका प्रतिनिधि, युवा व्यवसायी, सुरक्षाकर्मि पत्रकार लगायतको उपस्थिती रहेको थियो । सञ्जालले भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने व्यवसायि, विद्यालय, संघ सस्था, व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेको सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ३० बजे

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनिया भाषा टेष्ट सेन्टर , मुख्यमन्त्रीद्धारा उद्घाटन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा

श्रीलंकन पूर्व राष्ट्रपति गोटावायलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर

मौसम प्रतिकूल भएपछि भोलि बिहानसम्मका सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका